Nepal Korea Friendship Society (NKFS), a nonpolitical and nonprofit social organization which was established in 2005 with the theme of bridging South Korea and Nepal in socio cultural, economic and academic point of view by the committed group of highly qualified academicians and experts.   

Music Links

Science & Technology

What is DMB?
Doctor at a distance

The NKFS Poll
What do you think of this site?
Excellent
Improved
Getting better
Good
Not bad

Search The Internet





NKFS Message Board

Contact for:

Information
info@nepalkorea.org

Feedback
feedback@nepalkorea.org

NKFS Adm.
nkfs@nepalkorea.org

 

A Two-Headed Human Baby! - Born in Vietnam

A two-headed newborn baby is under care at the Hanoi-based Central Pediatrics Hospital. It's a little girl, the first child of a 28-year-old woman, a teacher at a kindergarten in Ninh Giang district, located in the northern province of Hai Duong. The child was born at Ninh Giang District General Hospital. The birth took place by cesarean operation at 11am, May 9, 2007. The girl with two heads had 2.8kg at birth.

2007 is the Year of Two Heads in China


December 26th, 2006: Two-headed reptile fossil from age of the dinosaurs found .

February 19th, 2007: Two-headed baby born in Guangzhou

March 7th, 2007: This little piggy's just weird .

March 14th, 2007: Two-headed cow born in China .

March 17th, 2007: Two-headed turtle found in China .

 

सातदलीय सरकार र नेकपा माओवादीबीच शान्ति स्थापनाका लागि सहमति

सोमबार शुरू भएको शिखरवार्ता बुधवार समझदारीमा पुग्न सफल भएको थियो।उक्त समझदारी अनुसार आगामी कार्तिक ३० गते औपचारिक शान्ति सम्झौता भएपछि देश अन्तरिम संसद हुंदै अन्तरिम सरकार र सम्बिधान सभाको बाटोमा जाने भएको छ।

दश बर्ष लामो द्वन्द्वलाई पूर्णविराम लगाउने ऐतिहासिक सम्झौता गरेपछि प्रधानमन्त्री कोइराला आफ्नो सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसका संसदीय दल तथा केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूलाई सम्बोधन गर्दै थिए।कोइरालाले देशबासीलाई अब नयां नेपालको निर्माणको बाटोमा जुट्न आह्वान गरे।त्यसो भन्दा कोइरालाले समझदारीलाई तोड्ने षडयन्त्र हुनसक्ने चेतावनी दिए।

सातदल र माओवादी विद्रोहीहरूबीच भएको सहमति अनुसार औपचारिक शान्ति सम्झौता भए लगत्तै मंसिर पांच गतेभित्र देशभरका माओवादी छापामारहरूको प्रमाणिकरण र त्यसपछि उनीहरूलाई सातवटा जिल्लामा स्थापना गरिने २८ वटा शिविरहरू राखिने जनाइएको छ।

माओवादी सैन्यका लडाकुहरू हतियार सहित निर्धारित शिविरमा जम्मा भैसकेपछि उनीहरूको अनुगमन संयुक्त राष्ट्रसंघले गर्ने भनिएको छ।त्यस्ता शिविरहरू इलाम, सिन्धुली, काभ्रे, पाल्पा, सुर्खेत, रोल्पा र कैलाली जिल्लामा रहने छन्।

सहमति अनुसार मंसिर पांच गते नै अन्तरिम सम्बिधानलाई पूर्णता दिइने छ र १० गते भित्र अन्तरिम सम्बिधान जारी, अन्तरिम संसदको गठन र प्रतिनिधि र राष्ट्रिय सभाको विघटन गरिने छ।

माओवादीहरूले देशभर विजय जुलुस निकाल्ने भएका छन्

त्यस्तो अन्तरिम व्यवस्थापीकामा हालका २०९ सांसद संगै ७३ जना माओवादी सांसद र विभिन्न क्षेत्रबाट मनोनित ४८ जना गरि जम्मा ३३० जना सांसद रहने जनाइएको छ।त्यसपछि गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा मंसिर १५ गते अन्तरिम सरकार गठन हुनेछ।त्यस्तै २०६४ सालको जेठ महिनाभित्र सम्पन्न गरिसक्ने भनिएको सम्बिधान सभाको निर्वाचन मिश्रित चुनाव प्रणालीको आधारमा चुनीने बताइएको छ।नयां सम्बिधान लेख्‍ने जिम्मेवारी पाउने उक्त सभामा ४२५ सदस्य हुनेछन्।सभाको पहिलो बैठकले नेपालमा राजतन्त्रको भूमिका र स्थान के हुने हो त्यसबारेमा निर्णय गर्नेछ।प्रधानमन्त्रीले यो सम्झौतामा कसैको पनि जीत वा हार नभएको बरू यो सबै नेपाली जनताको जीत हो भन्दै सबैले जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए।

विश्व साइकल यात्राका नाममा बराल बाबुछोराको ठगी धन्दा

आफूहरुलाई विश्व शान्ति र एचआइभी एड्सविरुद्ध विश्वव्यापी जनचेतना फैलाउन बाबु छोरा नै विश्व साइकल यात्रामा निस्केको बताउँ हिडेका कास्कीको पोखरा उपमहानगरपालिका-७ का ४४ वर्षिय कृष्णबहादुर बराल र उनका २० वर्षिय छोरा सुन्दर बरालले नेपालबाहिर रहेका प्रवासीलाई ठग्दै घरमा रकम पठाउने गरेको बुझिएको छ।

स्रोतहरुले दिएको जानकारीअनुसार उनीहरु जुन देशमा पुग्यो त्यही देशमा तीन चार महिना बस्ने र त्यहाँ रहेका नेपालीका साथै विदेशीसँग समेत दुई दुई पटकसम्म विभिन्न बहाना बनाएर रकम संकलन गरेर घर पठाउने गरेका छन् । यस क्रममा उनीहरुले कोरियामा रहेका विभिन्न नेपाली संघ संस्थाबाट तीस हजार डलर जम्मा गरेर घर पठाएको बुझिएको छ। एफएन न्युजलाई प्राप्त समाचारअनुसार आफूहरु २०६२ सालमा विश्व साइकल यात्रामा निस्केको बताए पनि उनीहरुले आफूसँग रहेको कागजपत्र कसैलाई नदेखाउने गरेको उनीहरुबाट पीडित एक संस्थाका प्रतिनिधिले जानकारी दिएका छन् । कोरियामा रहँदा बराल बाबुछोराले आफूसँग रहेको साइकलसमेत लुकाएर प्रवासी संस्थाहरुसँग रकम असुलेका थिए । यसअघि विश्व साइकल यात्रामा निस्केका दोलखाका साइकल यात्री पुष्कर शाहलाई साइकल हराएपछि प्रथम सगरमाथा आरोही किनिदिएको समाचार सार्वजनिक भएपछि उनीहरुले पनि हरेक देशमा साइकल हराउने गरेको बुझिएको छ। स्रोतकाअनुसार उनीहरु दिनभर विभिन्न नेपाली तथा विदेशी संस्थासँग चन्दा संकलन गर्ने साँझ परेपछि रक्सी खाएर अब यो देशमा गएर यति उठाएर घर पठाउने त्यो देशमा गएर यति उठाउने भन्ने सल्लाह गर्ने गरेको बुझिएको छ। हाल जापान पुगेका बराल बाबुछोराले जापानमा समेत ठुलो आर्थ संकलनको प्रयास गरिरहेको बुझिएको छ।

देश र जनता र विश्वका समस्याहरुको भन्दा पनि आफूहरु छोरी र श्रीमतिको प्रेरणाबाट विश्व साइकल यात्रामा निस्केको बताउने बराल बाबुछोराले साइकल यात्रा सुरु गरेपछि पोखरामा राम्रो आर्थिक उन्नति गरेका छन् । बुद्ध र सगरमाथाको सन्देश विश्वभर पुर्‍याउने बताए पछि विदेशमा रहेका नेपाली र विदेशीलाई दुःख दिएर उनीहरुको बुद्ध र सगरमाथाकै बेइज्जत गरेको प्राप्त समाचारमा उल्लेख छ ।

Extracted from FNnews

सद्दाम हुसेनलाई फांसीको सजायं
सद्दाम हुसेन, उनका सौतेनी भाई र भुतपूर्व न्यायाधिशलाई फांसीको सजायं सुनाईएको छ भने भूतपूर्व उपराष्ट्रपति ताहा यासिन रमादानलाई आजीवन कारावासको सजायं सुनाइएको छ।

भूतपूर्व इराकी नेता सद्दाम हुसेनलाई १ सय ४८ जना गाउंलेको ज्यान लिइएको घटनाका सम्बन्धमा मानवता विरोधी अपराधमा दोषी ठहर गरि फांसीको सजायं सुनाईए पछि सुन्नी बाहुल्य भएको क्षेत्रमा आक्रोशपूर्ण प्रदर्शन भएका छन् भने बहुसंख्यक शियाहरूले चाहीं खुशियाली मनाएका छन्।

उनीहरूको विरूद्धको अभियोग सन् १९८२ मा सद्दाम हुसेनको हत्याको प्रयास भएपछि १ सय ४८ जना गाउंलेहरू मारिएका घटनासंग सम्बन्धीत छ।१३ महिनासम्म चलेको यो मुद्दामा अत्यासलाग्दा बयानहरू दिइएका थिए।प्रतिवादी र न्यायाधिशहरूबीच चर्को वादविवाद भएको थियो। अदालतका कर्मचारीहरू विरूद्ध भएका हिंसाका कारण उनीहरूलाई थोरै सयममात्र लगाएर सजायं सुनाइएको थियो।मुद्दा हेरिरहेका मुख्य न्यायाधिश रउफ अब्दूल रहमानले सजायं पढेर सुनाउंदा सद्दाम हुसेनले आक्रोशपूर्वक प्रतिक्रिया जनाएका थिए।न्यायाधिशले उनलाई सजायं सुन्नका लागि उभिन भने तर उनले अस्वीकार गरे।त्यसपछि न्यायाधिशले चारजना मर्यादापालक लगाएर सद्दाम हुसेनलाई उभिन लगाएका थिए।सद्दामले तिनीहरूको प्रतिरोध गर्दै -"मुर्ख्याईं नगर, मलाई नछोउ" भनेर तिनीहरूमाथि कराएका थिए।मुद्दा चलाइएका आठजना मध्ये सातजनालाई दुज्जैल गाउंका १ सय ४८ जनाको ज्यान लिएको अभियोगमा दोषी ठहर गरिएको छ।

सद्दाम हुसेन, उनका सौतेनी भाई र भुतपूर्व न्यायाधिशलाई फांसीको सजायं सुनाईएको छ भने भूतपूर्व उपराष्ट्रपति ताहा यासिन रमादानलाई आजीवन कारावासको सजायं सुनाइएको छ।दुज्जैलका तीनजना भूतपूर्व पार्टी अधिकारीहरू -अब्दुल्लाह काजिम रूवाइद, उनका छोरा मिजार अब्दुल्लाह रूवाइद र अली दाइह अलीलाई पन्ध्र बर्षको सजायं दिइएको छ।अर्का अधिकारी मोहम्मद आजावी अलीलाई भने प्रमाणको अभावमा मुक्त गरिएको छ।

प्रदर्शनहरु

सजायं सुनाईए पछि बग्दादमा दुइवटा सुन्नी बाहुल्य भएको क्षेत्रमा अमेरीकी सैन्य र बन्दूकधारीहरूबीच भिडन्त भएको थियो।सद्दाम हुसेनको गृह नगर टिक्रिटमा पनि विरोध प्रदर्शन भएका छन्।

फैसला पछि कहिं समर्थनमा त कहिं विरोधमा प्रदर्शनहरु भएका छन्

तर इराकका बहुसंख्यक शियाहरूले भने सडकहरूमा बाहिर निस्केर खुशियाली मनाएका थिए।सडकमा कर्फ्यु लगाइएको भएपनि तिनीहरू आफ्ना कारहरूमा सवार भै हर्न बजाउंदै अगाडी बढेका थिए।सडक छेउका चमेनाघरहरूमा रहेकाहरूले ठूलो स्वरमा कराएर खुशी व्यक्त गरेका थिए।

फैसला सुनाइएको केहि समय पछि बोल्दै इराकी संसदका उप सभामूख खालीद अल अतिय्याले भने, "सद्दाम हुसेनको अपराध अनुसार नै उनलाई सजायं भएको छ।"अन्तर्राष्ट्रिय मानव अधिकार समुहहरूले मुद्दा संचालन गरिएको प्रकृया र मृत्युदण्डको सजायंप्रति चिन्ता व्यक्त गरेका छन्।मुद्दाको सुनुवाईको क्रममा सद्दाम हुसेनप्रति केही लचकता देखाएको भन्दै इराकी सरकारले एकजना मुख्य न्यायाधिशलाई हटाएको थियो।केहि आलोचकहरूले उक्त सुनुवाई इराकबाट बाहिर अन्यत्र गरीनुपर्ने बताएका थिए।तर व्रिटिश विदेशमन्त्री मार्गरेट बेकेटले ति भूतपूर्व इराकी नेतालाई इराकी अदालतमा नै मुद्दा चलाएर सजायं सुनाइनु सहि भएको बताएकी छिन्।

मृत्युदण्डको सजायंका सम्बन्धमा स्वत: पुनरावेदन गर्न पाइने प्रावधान छ।

सद्दाम हुसेनविरूद्ध इराकका कुर्द जनताहरू विरूद्धको अभियानको एकभाग स्वरूप आमहत्याहरू गरेको भन्ने अभियोगहरूमा छुट्टै मुद्दा पनि चलिरहेको छ।

U.N. slaps sanctions on North Korea

The United Nations Security Council has unanimously approved a wide set of sanctions on North Korea as punishment for the Asian nation's claimed nuclear weapons test.

U.S. President George W. Bush described the U.N. action as a "swift and tough" message, while China's U.N. representative said the sanctions represented “a balanced and constructive message." The sanctions could end if the North returns to six-party talks on Pyongyang's nuclear program.

जनवरीबाट कोरियाका लागि कामदार सरकारले नै पठाउने

नेपाली कामदारहरु २००७ को जनवरी बाट EPS प्रणालीबाट द.कोरिया भित्रिने प्रायः निश्चित भएको छ । यस अघि नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच भएको सम्झौता अनुसार नेपालीहरु प्रशिक्षार्थी भिसा प्रणाली अन्तर्गत दक्षिण कोरिया भित्रिने गर्दथे ।

यस प्रणालीबाट लुम्बिनी ओभरसिज र मुनड्रप्स ओभरसिजले गरेको मानव तस्करीको कारण २००५ र २००६ को नेपालको कोटा अन्य मुलुकलाई दिएको थियो भने के अबको २००७ को जनवरी १ बाट कोरिया सरकारले नेपाल सरकारलाई EPS दिने कुरा निश्चित हो त भन्ने सम्बन्धमा सम्द्रपारि डट कमसंगको टेलिफोनमा सम्पर्कमा भएको एक कुराकानीमा श्रम तथा यातायात ब्यवस्था राज्यमन्त्री रमेश लेखकले सबै प्रकृया अन्तिम चरणमा पुगेको र २००७ को जनवरीबाटै नेपाल श्रम श्रोतको मुलुकमा पर्ने निश्चित रहेको बताउनुभयो ।

यो प्रकृया लागू भएपछि नेपाली कामदार कसरी द. कोरिया भित्रिने हुन् त भन्ने प्रश्नको जवाफमा मन्त्री लेखकले भन्नु भयो- "पहिला जस्तो तपाईहरुले भन्दै आउनुभएको मानव तस्करीको अब अन्त्य गर्दै नेपाल सरकारले नै पठाउने छ र यसको तयारीको लागि नेपाल सरकार र कोरिया सरकारबीच पत्राचार लगायत अन्य आवश्यक कार्यहरु समेत अन्तिम चरणमा पुगिसकेको खुलासा गर्नु भयो ।

नेपालले EPS प्राप्त गरेपछि आउने कामदारहरुलाई कसले कसरी ब्यवस्थित गर्ने छ त ? भन्ने प्रश्नमा मन्त्री लेखकको भनाइ थियो "यस सम्बन्धमा यहाँ रहेका नेपालीहरुसंग छलफल गरी एउटा आधिकारीक संस्था राख्ने सोच रहेको छ" भन्नुभयो ।

स्मरणीय के छ भने नेपालले EPS पाउने निश्चित भएपछि पुराना मानव तस्करीहरुका गिरोहहरुको कोरियामा ब्यापक चहलपहल रहेको देखिन्छ । तर नेपाल सरकार कसरी अगाडी बढ्ने हो त्यो त हेर्न नै बाँकी छ ।

EPS के हो ?
EPS को पुरा अर्थ Employment Permit Syestem हो । दक्षिण कोरियामा अवैधानिक रुपमा रहेर काम गर्दै आएका प्रवासीहरुको संख्या बृद्धि भएका कारण ट्रेनिङ् भिसा खारेज गर्दै विदेशी कामदारहरुलाई काम दिने द. कोरिया सरकारले बनाएको एउटा नीति हो ।

यस नीति अनुसार ३ बर्षभन्दा कम समय कोरियामा रही अवैधानिक रुपमा रहेका कामदारहरुलाई मालिकको जमानतमा थप २ बर्ष काम गर्न पाउने भिसा दिइने छ भने ३ बर्ष भन्दा माथि तर ४ बर्ष नपुगेका कामदारहरुका लागि श्रम तथा कानुन मन्त्रालयमा उजुरी दिई नेपाल फिर्ता गएमा र तीन महिना भित्र पुनः फिर्ता भएमा थप १ बर्षदेखि २ बर्ष बैधानिक रुपमा काम गर्ने सुविधा रहेको छ । यसैगरी ४ बर्ष अवैधानिक रुपमा कोरियामा रहेका मजदुरहरु नेपाल फिर्ता गएमा EPS कोटाबाट विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

यस नियम विरुद्ध द.कोरियाका विभिन्न मजदुर संघ-संस्थाहरुले लगातार विभिन्न र्‍यालीहरुको आयोजना गरी विरोध गर्दै आएका छन् । उनीहरुको माग EPS होईन Work Permit लागू गर भन्ने रहेको छ ।

 

Korean Volunteers Arrived in Nepal

Four Korean Volunteers dispatched by the Korea International Cooperation Agency (KOICA) arrived in Katmandu on October 26th, 2006. Dispatched as a part of the Korean government's technical cooperation for Nepal, the volunteers will share Korea's experience and expertise on computers, electronics and nursing with the Nepali people. computers etc.

They will be assigned to different organisations after two months of training in Nepal.Their training will be focused on learning the Nepali language, experiencing Nepal's cultures and visiting local homes. KOICA has been dispatching about 10 volunteers annually to Nepal since 1991 and they are receiving positive feedback from the local people. KOICA is responding to requests from many Nepali organisations in various fields by increasing the number of volunteers to Nepal. Between 1991 and 2005, KOICA dispatched a total of 116 volunteers to Nepal. They have engaged in fields such as nursing, children's education, computers, agriculture, and automobile maintenance. In 2006 alone, KOICA dispatched a total of 15 volunteers to Nepal.
Volunteers in Nepal have played an important role in enhancing the understandings and friendship between Korea and Nepal by transferring Korea's development know-how in fields such as nursing, children's education, rural development, agriculture, and computers etc.


Diplomatics Links

Nepal Information

Universities in Nepal
Nepal in Brief
Hotels in Nepal
Nepali Associations
Nepal Tourism Board
International Airport

Global Nepal

Nepali Asso. in Korea
Global Nepali Associations

Korea Information

 


Free Calendar from Bravenet.com
Free Tell A Friend from Bravenet.com
 

Political Parties

Dictionary

The NKFS


 

Copyright www.nepalkorea.com, 2006 (NKFS) All Rights Reserved.